• २०८२ बैशाख २९ गते सोमवार

बडिमालिका नगरपालिकाद्धारा बजार अनुगमन, १५ हजार बराबरको म्याद गुज्रेका सामान नष्ट

राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : १ मिनेट

जेठ २६, बाजुरा । बडिमालिका नगरपलिकाद्धारा आज मार्तडी बजारको अनुगमन गरीएको छ । नगरपालिकाको वडा नम्बर ८ र ९ मा बजार अनुगमन गर्दा फेला परेका १५ हजार बराबरको म्याद गुज्रेका सामान बरामद गरी नष्ट गरीएको छ ।

कोरोना भाईरस (कोभिड १९) को महामारीको समयमा बजारममा मुल्य बृद्धि भएको जनगुनासो आईरहेको समयमा बजार अनुगमन गरीएको बडिमालिका नगरपालिका नगर उप प्रमुख कविता बिष्टले बताउनुभएको छ । उप प्रमुख बिष्टका अनुसार बडिमालिका नगरपालिकाको आयोजनामा गरीएको बजार अनुगमनका क्रममा मार्तडि बजारका दैनिक उपभोग्य ब्यापारीहरुका पशलहरु अनुगमन गरी अखाद्य बस्तुहरु नष्ट गरीएको हो । बडिमालिका नगरपालिकाको आयोजनामा नगर उप प्रमुख कविता बिष्ट र बजार उपभोक्ताका हकहित संरक्षण समितिको संयोजकमा बजार अनुगमन गरीएको थियो ।

बजार अनुगमनमा बडिमालिका नगरपालिका नगर उप प्रमुख कविता बिष्ट,वडा नं। ९ का वडा अध्यक्ष बिनोद कुमार बि।क, घरेलु तथा साना उद्योग बिकास समिती बाजुराका कार्यालय प्रमुख, मानबहादुर चाट, उद्योग बाण्ज्यि संघ बाजुराका उपाध्यक्ष गोरख बहादुर बोहरा, कोलेनिका प्रतिनिधी, जिल्ला प्रशासन कार्यालयका राम कुवर चौधरी,जिल्ला प्रहरी कार्यालय बाजुराका सुरक्षकर्मि पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस