जेठ २६, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ३१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७६२ पुगेको छ ।

नयाँ थप संक्रमितमा २९४ पुरुष र २० जना महिला गरी कुल ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० पुरुष र १ महिला गरी २१ जना निको भएर घर फर्किएका छन् । यससँगै कुल निको हुनेको संख्या ४ सय ८८ पुगेको छ ।
कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार स्याङजा जिल्ला वालिङ नगरपालिका वडा नं. ३ का वर्ष ५८ का एक जना पुरुषको निधन भएको बताए । यससँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।