• २०८१ भाद्र २५ गते मङ्गलवार

नबजात शिशुको हत्यामा संलग्न दुईजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २६, नुवाकोट । नवाकोट प्रहरीले नबजात शिशुको हत्या गरेको आरोपमा शिवपुरी गाउँपालिकाका २ जनालाई पक्राउ गरेको छ । शिवपुरी गाउपालिका वडा नं. १ बस्ने बर्ष ४० कि सुकुमाँया तामाङले त्यही गाउपालिका वडा नं. ०२ बस्ने बर्ष ३६ सानो कान्छा भन्ने धन बहादुर तामाङसंगको अनैतिक सम्बन्धबाट जन्म भएको शिशुलाई आफ्नै बारीमा खाल्डो खनी पुरेको अबस्थामा स्थानियहरुले प्रहरीलाई खबर गरेपछि आफ्नो बारिमा खाल्डो खनी पुरेको अबस्थामा उक्त शिशुको शब बरामत गरेको हो ।

उक्त शिशुको शबलाई निकाली घटनास्थल लासजाँच मुचुल्का लगायत प्रारम्भिक अनुसन्धान पश्चात पोष्टमार्टमको लागी काठमाण्डौ त्री.बि.शिक्षण अस्पताल पठाईएको थियाे । फरार रहेकी  सुकुमाँया तामाङलाई खोजतलास गर्दै जाँदा उनलाई आफ्नै फुपुको घरमा लुकिछिपी बसेको अबस्थामा फेला पारी तत्कालै पक्राउ गरिएको हो । घतनाको थप अनुसन्धानमा उनले धन बहादुर तामाङले यो बच्चा जन्मेपछी हाम्रो अनैतिक सम्बन्धको बारेमा सबैलाई थाहा हुन्छ त्यसैले बारीमा गोठमा गई यो बच्चा जन्माउ र जन्मेपछी बारिमानै गाडेर आउनु अरु सहयोग म गरौला भनी भनेकोले शिशु मारेको जानकारी दिएकी थिइन ।

प्रहरीले धन बहादुर तामाङलाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अबस्थामा फेला पारी पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस