• २०८१ साउन १ गते मङ्गलवार

मादी नं पा १ मा पहिलो चरणको राहत वितरण सम्पन्न

राजेश श्रेष्ठ पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २६, संखुवासभा । संखुवासभा मादी नं पा १ चौकी बजार न्यु तथा अति न्युन गरिब परिवार को लागि पहिलो चरण को राहत बितरण सुरु गरेको छ । विश्वव्यापी फैलिएको कोरोना भाईरस (कोभिड १९) ले यस क्षेत्रको बासिन्दाहरुको जनजिबन तहसनहस भएको अवस्थामा मादी नं पा ले न्युन तथा अति न्युन बर्ग का लागि राहत वितरण स्ूवात गरिएको हो ।

अति न्युन घर परिवारको लागि ३० केजि चामल, न्युन वर्ग को लागि १५ केजिको दरले अति आवश्यक बस्तु दाल, नून, चिनी, तेल , हात धुने साबुन, सेनिटाईजर जस्त अत्यावश्यक बस्तुहरु मादी नं पा १ मा ५७ घरघुरी लाई जनप्रतिनिधि खेमनाथ कटुवालले बितरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस