बैशाख २६, नुवाकोट । नुवाकोटमा बिहीबार लकडाउन उल्लघंन गर्ने पुरुष ५० र महिला २३ गरी जम्मा ७३ जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी २१ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको नुवाकोट प्रहरीले जनाएको छ ।