• २०८२ बैशाख ६ गते शनिवार

आजको मौसम : एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित वर्षा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २६, काठमाडौं । आज दिउँसो देशको पूर्वी भू-भागमा सामान्य बदलि र बाँकि भू-भागमा आंशिक बदलि रहनेछ । देशका पूर्वी भू-भागका थोरै स्थानहरूमा साथै मध्य र पश्चिमका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ। यस्तै राती देशको पूर्वी भु(भागमा सामान्य बदली अनि मध्य र पश्चिमका पहाडी भू-भागमा आंशिक बदली भई बाँकि भू-भागमा सामान्यतया सफा रहनेछ। पुर्वी भू-भागका एक दुइ स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भु-भाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ। जसका प्रभावले देशको पहाडी भू-भाग आंशिक बदली र बाँकी भु-भागमा सामान्यतया सफा रहेको छ।

महाशाखाले देशको पुर्वी भू-भागका थोरै र पश्चिमका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस