• २०८१ मङ्सिर २४ गते सोमवार

घरमै पुगि विरामीको उपचार गर्दै सुनिलस्मृति गाउँपालिका

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २, रोल्पा । सुनिलस्मृति गाउँपालिका सुलिचौर, रोल्पाले विरामीको घरमै पुगि उपचार गरिरहेको छ । वडा नं. ६ पानीपोखरामा बाग्लुङबाट आएका केहि व्यक्तिहरुमा ज्वरो आउने रुघा लाग्ने जस्ता समस्या देखिए पछि वडा नं. ६ का वडा अध्यक्ष अर्जुन सुवेदीले गाउँपालिका अध्यक्षलाई जानकारी गराए पश्चात डाक्टर सहितको टोलि लिइ अध्यक्ष उक्त ठाउँ पुगि विरामीको उपचार गराउनुभएको हो ।

विरामीको उपचारमा संलग्न डाक्टर प्रकृति भट्टराईले चेकजाँच पछि मौसमि रुघाखोकी, ज्वरो भएको र कोरोनाको लक्षण नभएको जानकारी गराउनुभएको छ । अध्यक्ष घर्तीले वाहिरबाट आउनुभएका व्यक्तिहरुसँग छलफल गर्दै कोरोनासँग आफुपनि बचौँ र अरुलाई पनि बचाउ भन्ने धारणा सवैमा अनिवार्य हुनुपर्ने बताउनुभयो । आउदा दिनहरुमा पनि यस्तै समस्या देखिएमा तत्काल गाउँपालिकाबाट आवश्यक सेवा उपलब्ध गराउने समेत जानकारी गराउनुभएको छ ।

यस भन्दा अगाडि अध्यक्ष घर्तीको निर्देशनमा वडा नं. १ घोडागाउँमा पनि डाक्टर सहितको सेवा उपलब्ध गराउनुभएको थियो, आवश्यकता अनुसार सवै वस्तीहरुमा डाक्टर पु¥याउने अध्यक्ष घर्तीले जानकारी गराउनुभएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस