• २०८० असोज ४ गते बिहिवार

आर्थिक रुपमा सबल नहुँदा सम्म महिलाहरुले आफ्नो अधिकार प्राप्त गर्न सक्दैनन : मन्त्री अर्याल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २५, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सरकारले महिलामाथि हुने सबै खालका असमानताको अन्त्य गर्ने लक्ष्य लिएको बताएकी छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित एक साक्षत्कारमा बोल्दै मन्त्री अर्यालले आर्थिक रुपमा सबल नहुँदा सम्म महिलाहरुले आफ्नो अधिकार प्राप्त गर्न नसक्ने बताएकी छन् ।

उनले संविधानमा उल्लेखित भएका अधिकारहरु सबै भोग्ने अवस्थामा पु¥याउन महिलालाई आर्थिक रुपमा सक्षम बनाउनुपर्ने बताएकी हुन् ।सरकारले १५ औं योजनामा सन २०३० भित्रमा महिलामाथि हुने सबै खालका असमानताको अन्त्य गर्ने लक्ष्य लिएको र सोही अनुसार नै काम अगाडि बढेको बताए । उनले राज्यका विभिन्न निकायमा रहेका महिलाहरुले आफ्नो जिम्मेवारी कुसलतापूर्वक पुरा गरी महिलाहरु सक्षम छन भन्ने प्रमाणित गर्दै अगाडि बढ्नुपर्ने बताए ।

नेपाली काँग्रेस सचेतक पुष्पा भुसालले संविधानले समानुपातिक समावेशीताको सुनिश्चितता गरेको भएपनि सरकारमा महिला सहभागिता नहुनुले अझैपनि महिलाहरुलाई चुनौति रहेको बताइन् । राष्ट्रियसभा सदस्य सांसद कोमल ओलीले महिलाको कुरा महिलाले मात्र उठाएर समाधान नहुने बताइन् । उनले अवसर पाएका महिलाले अरु महिलाका लागि प्रयास नगरेसम्म महिला अधिकारका कुरा गर्नु व्यर्थ हुने बताइन् ।

प्रतिक्रिया दिनुहोस