• २०८१ बैशाख १३ गते बिहिवार

जमुना प्रहरीको फन्दामा ब्राउनसुगर सहित एकजना पक्राउ

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

माघ २५, बाँके ।  ईलाका प्रहरी कार्यालय जमुना नेपालगन्जले लागुऔषध व्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ ।  टिकापुर नगरपालिका १, निवासी २० वर्षिय शिवराज पुरीलाई ब्राउनसुगर सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

भारतको सीमावर्ती बजार रुपैडिहाबाट १८ ग्राम ब्राउनसुगर लिएर नेपालगन्ज आउदै गरेको अर्को २०० ग्राम ब्राउन सुगर सहित अब्दुल रसिद उफ चारबाबुलाई ईलाका प्रहरी कार्यालय जमुना प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक माधव रिजालको टिमले लागू औषध सहित एक जनालाई पक्राउ गरेको हो । नेपालगन्ज जमुना प्रहरी प्रमुख रिजालका अनुसार शनिबार बेलुका तिर हेल्मेट भित्र लुकाएर भारतको रुपैडियाबाट नेपालगन्ज ल्याउदै गरेको गोप्य सूचनाको आधारमा उनलाई जमुना प्रहरीले पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय जमुना प्रहरी प्रमुख रिजालले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस