• २०८१ मङ्सिर २३ गते आइतवार

नगर प्रमुख थापाद्धारा भुमहिमा कपडा बैंकको शुभारम्भ, जहाँ पाइन्छ सित्तैमा कपडा

निशान परियार पढ्न लाग्ने समय : २ मिनेट

माघ २५, सुनवल । बैंक भन्ने बित्तिकै आर्थिक कारोबार गर्ने , पैसा लेनदेन गर्ने स्थान भनेर बुझिन्छ तर भुमहीमा राईजिङ स्टार कपडा बैंक शुभारम्भ भएको छ, जहाँबाट सित्तैमा कपडा पाईन्छ । राईजिङ स्टार सामुदायिक बिकास प्रतिष्ठान सुनवल १२ भुमहिले आफ्नै भवनमा कपडा बैंक शुभारम्भ गरेको हो ।

सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापाले आज एक कार्यक्रमका बिच उक्त कपडा बैंकको उद्घाटन गर्नुभएको छ । कपडा बैकको उद्घाटन गर्दै नगर प्रमुख थापाले कपडा बैंक स्थापना गर्नुको उदेश्य पूरा गर्न सबैले सकारात्मक सोच धारण गर्नुपर्ने कुरामा जोड दिनुभयो । यसैगरि नगर प्रमुख थापाले कपडा बैंक शुभारम्भ गरिएकोमा खुसी समेत व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष प्रकाश पङ्गेनिको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि सुनवल नगरपालिका उपप्रमुख दधिराम अर्याल, अतिथिहरु सुनवल नगरपालिका प्रबक्ता एवं वडा नं १३का वडाध्यक्ष कृष्ण प्रसाद देबकोटा, कार्यपालिका सदस्य अर्जुन सुनार , जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक दिनेश बस्याल, जगन्नाथ मा.बिका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम बहादुर क्षेत्री लगायत समाजसेबि, बुद्धिजीवी ब्यक्तिहरुको उपस्थिति रहेको थियो । प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष बलराम चापागाईंलेको शुभकामना मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन भने प्रतिष्ठानकै महासचिव माधब पाण्डे गर्नुभएको थियो ।

सुनवल नगरपालिका क्षेत्र भित्र पर्ने अति विपन्न , पिछडिएका गरिब वर्गका लागि सहज रुपमा जिविकोपर्जन गर्न सहज होस भन्ने अभिप्रायले राईजिङ स्टार कपडा बैंकको अभियान शुरु गरिएको प्रतिष्ठानका अध्यक्ष प्रकाश पङ्गेनिले जानकारी दिनुभयो । यो अभियानमा आफ्ना नयाँ पुराना तर लगाउन योग्य कपडा दान गर्न सकिनु का साथै गरिब तथा आवस्यक परेका ब्यक्तिले बिना शुल्क उक्त कपडा बैंकबाट सित्तैमा कपडा लैजान सक्ने प्रतिष्ठानले जनाएको छ ।

स्मरण रहोस् बिदेशमा यस्ता कपडा बैंक प्रचलनमा रहे पनि नेपालका लागि भने यो नौलो बिषय मानिन्छ । यस्तो अभियानले समाजबाट सकारात्मक प्रतिक्रिया त पाउला तर कपडा बैंक जम्मा हुने कपडा ब्यवस्थापन चुनौतीपूर्ण हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस