• २०८२ बैशाख ४ गते बिहिवार

चिसोबाट सतर्कता रहन अध्यक्ष घर्तीको आह्वान

पढ्न लाग्ने समय : १ मिनेट

पौष २३ रोल्पा । सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बढ्दै गरेको चिसोबाट सतर्कता रहन वुधवार एक सन्देश जारी गर्दै सवैमा आग्रह गर्नुभएको छ ।

जारी सन्देशमा भनिएको छ, केहि दिन यता मौसम परिवर्तन भै पानी र अग्ला भू–भागहरुमा हिमपात समेत परेको हुँदा अत्यन्तै चिसो बढ्दै गइरहेको छ, चिसो बाट निमोनिया, रुघाखोकी, बच्चाहरुलाई कोल्ड डाइरिया, दम, व्रोङ्काड्रीस जस्ता रोगहरु हुन सक्ने भएको हुँदा यस बाट बच्न चिसोमा धेरै घर बाहिर ननिस्कन, न्यानो कपडा लगाउन, धुवाधुलोबाट बच्न र तातोपानी प्रयोग गर्नुहुन सवैमा अनुरोध गर्नुभएको छ ।

साथै चिसोका कारण केहि विरामीका लक्षणहरु देखिन थालेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा पुगि स्वास्थ्यकर्मी, चिकित्सक तथा यस कार्यालयको स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरुको आवश्यक परामर्श लिइ औषधि उपचार गर्नुहुन समेत अनुरोध गर्नुभएको अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस