• २०८२ बैशाख ४ गते बिहिवार

न्यूयोर्कमा ट्रकको ठक्करबाट नेपाली बालकको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

पौष, २३ काठमाडौँ । न्यूयोर्कमा ट्रकको ठक्करबाट एकजना नेपाली बालकको मृत्यु भएको छ ।

स्थानीय अनलाइनहरुले समाचारका अनुसार न्युयोर्क शहरको फोहोर संकलन गर्ने ट्रकले ठक्कर दिँदा १० वर्षीय बालक श्रीजल पन्थीको मृत्यु भएको र उनकी आमा मिना पन्थी घाइते भएको जनाइएको छ ।

दुर्घटनालगत्तै आमा-छोरालाई एल्महस्र्ट अस्पताल लगिएको थियो । श्रीजलको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।  मिना छोरा श्रीजललाई स्कुल पुर्‍याउन जाँदै थिइन् । उनीहरुलाई ९७ स्ट्रिट नजिक ५७ एभिन्यूमा मंगलबार बिहान करिब सात बजेतिर ट्रकले ठक्कर दिएको थियो ।

मृतक बालकका बाबुको नाम पुरुषोत्तम पन्थी भएको खुलेको छ । पन्थी लेफ्राक सिटीको फ्रेन्डस् अफ द पब्लिक लाइब्रेरीका बोर्ड सदस्य हुन् । क्वीन्सस्थित लेफ्राक सिटीमा बस्दै आएका पन्थी परिवारको नेपालको ठेगाना भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस