• २०८१ फाल्गुन ५ गते सोमवार

पटकासहित चार जना प्रहरी नियन्त्रणमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २२, सुनसरी । प्रहरीले इटहरी उपमहानगरपालिका–८ पुष्पलाल चोकबाट पटकासहित चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा इनरुवा–९ का २२ वर्षीय सतम अन्सारी, हरिनगर–२ का २० वर्षीय दिनेश राम, इटहरी–१३ का ३० वर्षीय रञ्जित सरदार र इटहरी– १२ का ३२ वर्षीय शान्ताकुमारी चौधरीलाई प्रहर्रीले पक्राउ गरेको हो ।

सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार उनिहरुलाई पक्राउ परेकालाई शुक्रबार सार्वजनिक गरेको छ । उनिहरुले भारतीय बजारबाट अवैध रुपमा पटका ल्याइ इटहरीसहित जिल्लाको विभिन्न ठाउँको बजारमा बिक्री वितरण गरिरहेको छ भनी गोप्य सूचनाको आधारमा पटकासहित पक्राउ गरिएको हो । उनिहरुको साथबाट प्रहरीले को २२ प ३००२ नंम्बरको मोटरसाइकल, को १ ह ७२६० नम्बरको अटो टेम्पु, ४ वटा बोराभित्र ५६ बण्डल नागिन लेखिएको पटका बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस