• २०८१ भाद्र २५ गते मङ्गलवार

सुनसरीमा पटकासहित चार जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २२, सुनसरी। सुनसरीको इटहरी उपमहानगरपालिका ८, पुष्पलाल चोकबाट पटकासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा इनरुवा सतम अन्सारी, हरिनगर दिनेश राम, इटहरी १३ का रञ्जिउत सरदार र इटहरी १२ का शान्ताकुमारी चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

भारतीय बजारबाट अवैध रुपमा पटका ल्याइ इटहरी लगाएत जिल्लाका विभिन्नप ठाउँमा बिक्री गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । उनिहरुको साथबाट प्रहरीले चारवटा बोराभित्र ५६ बन्डल नागिन लेखिएको पटका बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस