भदौ २१, काठमाडौं । तारकेशवर नगरपालिकाले कोरोना संक्रमितहरुलाई नगद प्रदान गरेको छ । नगरपालिकामा कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेकाहरुलाई नगरपालिकाले नगद रु ५००० प्रदान गरेको हो ।
तारकेश्वर नगरपालिकाले कोरोना संक्रमित आफ्नो नगरपालिकाका संक्रमितलाई नगद रु पाँच हजार दिने घोषणा यस अघि नै गरेको थियो । आज सोमबार नगरपालिकाको वडा नं. ९ र १० का होम आइसोलेसनमा बसेकाहरुलाई नगर प्रमुख रामेश्वर बोहोराले नगद रु ५०००, माक्स, सेनिटाइजर र भिटामिन सि सहितको एक-एक प्याकेज दिएर कार्यक्रम सुचारु भएको हो । नगरपालिका भित्र होम आइसोलेसनमा रहेका सबैलाई घर-घरमा गएर उक्त प्याकेज प्रदान गरिने नगर प्रमुख बोहोराले जानकारी दिनुभयो ।
उक्त अवसरमा नगर प्रमुख बोहोराका साथै नगर उपप्रमुख भवानी डोटेल, नगरपालिकाका कार्यकारी प्रमुख शिव प्रसाद लम्साल, वडा नंं ९ का वडा अध्यक्ष बलराम सिटौला, वडा नं. १० का वडा अध्यक्ष अमृत थापा, नगर स्वास्थ्यका कर्मचारीहरु, पत्रकारहरुको उपस्थिती रहेको थियो ।