• २०८१ माघ ११ गते शुक्रवार

हावाहुरीले मकैबाली नष्ट, किसानहरु राहतको पर्खाईमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २३, रुकुम पश्चिम । गएको मंगलवार र बुधबार रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नं १३ का विभीन्न ठाँउमा हावाहुरीले मकै बालीमा क्षती पु¥याउदा अन्दाजी २२ लाख बढीको क्षती भएको छ । किसानहरु राहतको पर्खाइमा रहेका छन ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नँ १३ का विभीन्न ठाँउहरुमा गएको मंगलवार र बुधारवार अविरल वर्षासँगै आएको हावाहुरीले लाखौँको क्षती गरेको हो ।

साविकको घेत्मा गाविसको ४,५,६,७ ४ वटा वडाहरुका विभिन्न ठाँउहरु लटा, हाम्पा, गाँउवारी, पाखा भल्मा, धारा गरेना लगायतका दर्जन बढी बस्तीहरुमा लगाइएको मकै वालीमा क्षती पु¥याउदा झण्डै २सय ५५ घरपरिवारको १ मुरी देखी १० मुरी सम्म उत्पादन हुने कमैमा क्षती पु¥याएको वडा १३ नम्वर वडा सदस्य तेजबहादुर पुनले जानकारी दिनु भयो ।
उहाँका अनुसार अन्दाजी ११ सय १४ मुरीको विवरण संकलन गरिएको छ । साथै यसको मुल्य २२ लाख २८ हजार हुन आउने पनी उहाँले जानकारी दिनु भयो ।

मकै वालीमा लगातार हावाहुरीले क्षती गर्ने क्रम अझैँ पनी नरोकिएको नेकपाका १३ नम्वर वडाकमिटी सचिव टेक बहादुर थापाले वताउनु भयो । उता किसानहरु मकैमा क्षती पुगेपछी राहतको पर्खाइमा रहेको उहाँले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस