साउन २३ , मुगु । चिकित्सा शिक्षाका अभियान्ता डा. गोविन्द के .सी सुदुरपश्चिम र कर्णालीका जिल्लामा निशुल्क हाडजोर्नी विशेषज्ञ स्वास्थ्यउपचार दिदै आएका डा. केसि डोल्पाको जगदुल्ला गाउपालिकाले उपचारमा रोक लगाए पछि हिमाली जिल्ला मुगुमा पुगि बिहीबार देखि जिल्ला अस्पताल ठिनि मुगुमा बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिरहेका छन् ।
डा.के .सि जुम्लाको खलंगा बजारबाट हिँडेरै मुगु आइपुगेका हुन् । के.सीले विशेष गरी हाडजोर्नी सम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गरि सेवा दिएका छन् । केसीसँग स्वास्थ्य जाँच गर्न विभिन्न स्थानबाट मानिसहरू पुगेका छन् । निशुल्क सेवा दिन डा.के.सी मुगु पुगे पछि हाडजोर्नीका विरामिलाई लक्षित गरि सार्वजानिक सुचनागरिएको जिल्ला अस्पताल ठिनि मुगुले जनाएको छ ।
डा.केसिले सुदुरपश्चिमका डडेल्धुरा , बझाङ , बाजुरा , बैतडी , दार्चुला , कर्णालीकाकालिकोट , हुम्ला , जुम्लाहुदै मुगु पुगि स्वास्थ्यउचपार दिएका छन् ।