• २०८१ कार्तिक १८ गते आइतवार

प्रहरी युक्ति तालिम महाविधालयले मनायो ५ औं स्थापना दिवस

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन २३, नवलपरासी  । पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिका ११ स्थित जर्घामा रहेको प्रहरी युक्ति तालिम महाविधालयले शुक्रबार ५ औं स्थापना दिवस मनाएको छ । काठमाडौंबाट २०७२ सालमा स्थानान्तरण भएको प्रहरी युक्ति तालिम महाविधालयको वि.स.२०७४ साल साउन २३ गते तत्कालीन संगठन प्रमुख प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले उद्घाटन गरेका थिए । स्थापना कालदेखी हालसम्म सो विधालयले प्रहरी निरीक्षक ४ सय ६४ जना, प्रहरी नायव निरीक्षक १६ जना, प्रहरी सहायक निरीक्षक १ हजार ४ सय ८३ जना, प्रहरी हवल्दार २ सय १९ जना र प्रहरी जवान ३ हजार ९ सय २३ जना गरि कुल ६ हजार १ सय ५ जना प्रहरीलाई दीक्षित गरिसकेको छ । ५ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथी पश्चिम नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले महाविधालयलाई शुभकामना मन्तव्य दिदै नेपाल प्रहरीलाई आम नागरिकले शक्तिकेन्द्रको रुपमा मात्र नभएर साथिको रुपमा जनताले सोच्नुपर्नेमा जोड दिए ।उनले भने “शान्ति सुरक्षा कायम गर्न र आपराधिक गतिविधिलाई नियन्त्रण गर्न जनताले पनि प्रहरीलाई साथ र सहयोग गर्न सकेमात्रै देशमा शान्ती सुव्यवस्था कायम हुन्छ” । त्यस्तै नेपाल प्रहरी पनि आदेशले चल्ने भन्दा पनि प्रतिबद्धताको दिशाबाट अगाडि बढ्दै जनमैत्री बन्न आग्रह गरे ।उनले प्रहरी युक्ति तालिम महाविधालय परिसरमा स्थापना भएको सर्प दंश उपचार केन्द्रले नवलपरासी जिल्ला र छिमेकी जिल्लाका बिरामीको उपचारमा पुर्याएको सेवा र कोभिड९१९ को रोकथामका लागी जिल्लामै पहिलो पटक १ सय बेड क्षमताको क्वारेन्टाइन सेन्टर निर्माणका लागी बिधालयले देखाएको सक्रियताको प्रशंसा गरे ।

सोहि कार्यक्रममा महाविधालयले प्रकाशन गरेको “युक्ति दर्पण २०७७” को पहिलो संस्करणको प्रमुख जिल्ला अधिकारी मार्फत लोकार्पण गरिनुका साथै विधालयले स्थापना दिवसको अवसरमा सञ्चालन गरेको खेलकुद कार्यक्रमका विभिन्न बिधामा सहभागी बिजेतालाई पुरस्कृत समेत गरिएको थियो ।त्यस्तै सोहि विधालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुंवरले कार्यक्रममा उपस्थित अतिथिलाई धन्यवाद व्यक्त गर्दै सो महाविधालयमा अझै पनि सुविधा सम्पन्न आवश्यक भैतिक पूर्वाधार नभई सकेको र प्रहरी संगठन र तिन तहका सरकारले गरेको निरन्तर सहयोगले आगामी ३ वर्ष भित्र देशकै नमुना प्रहरी तालिम केन्द्र बन्ने विश्वास व्यक्त गरे ।

 

“जनातासामु शासक नभएर सेवकको रुपमा लोकतान्त्रिक पद्धति मार्फत कर्तव्यनिष्ठ भएर पेशामा अगाडी बढेका छौं” उनले थपे “तालिमकेन्द्रबाट आफुहरुले तालिम सगसङ्गै अन्य समयमा विपद व्यवस्थापन र न्यूनीकरणका लागी समेत स्थानीय क्षेत्रमा अग्रसर भएर लागेका छौं” । कार्यक्रममा जिल्ला स्थित जिल्ला प्रहरी प्रमुख९ एसपी ० अजय केसि,सशस्त्र प्रहरी प्रमुख महेश अधिकारी , सेना प्रमुख लगाएत जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस