• २०८२ बैशाख ५ गते शुक्रवार

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २३, काठमाडौं । कोरोना (भाइरस कोभिड -१९) को संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको पुष्टि भएको छ । कोरोना संक्रमणबाट काठमाडौंमा दुई र पर्सामा दुई गरी चार जनाको मृत्यु भएको हो ।

यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ६७ पुगेको छ । पछिल्लो दुई दिनमा मात्र १० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस