श्रावण २३, काठमाडौँ । यमाहा बाइकको कार्यलयमा ६ जनालाई कोरोना संक्रमण देखिएपछि नायक अनमोल केसी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । यमाहाको ब्रान्ड एम्ब्यासडर रहेका अनमोलको केही दिन अगाडि विज्ञापनका लागि फोटोसुट भएको थियो ।
अनमोल र नायिका उपासना सिंह ठकुरीको फोटोसुटका क्रममा यमाहाको कार्यलयमा काम गर्ने एक जना महिला कर्मचारी पनि उपस्थित थिइन् । उनमा कोरोना पुष्टी भएपछि अनमोल केसी उपासना सिंह ठकुरी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।उनीहरुले कोरोना परिक्षण गरे पनि रिपोर्ट भने अहिलेसम्म आइसकेको छैन । अनमोल अहिले घरमै आइसोलेसनमा छन् ।