• २०८१ असार ९ गते शनिवार

  सरकारी पैसा व्यक्तिगत खातामा राख्ने : लेखापालसहित चार जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २३ , सुर्खेत । सरकारी पैसा व्यक्तिगत खातामा राख्ने रुकुम पश्चिमका एक लेखापालसहित चार जना पक्राउ परेका छन् ।प्रहरीका अनुसार त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीसहित चार जना पक्राउ गरेका हुन ।

गाउँपालिकाको पैसा व्यक्तिगत खातामा राखेको पाइएपछि लेखापाल केसीसहित उनका भतिजा सुवास केसी, भाइ विकास र अर्का भतिजा भीमसेनलाई पक्राउ गरिएको हो ।उनीहरु राति ९ बजेसम्म बाहिरबाट ताला लगाई कार्यालयमै कागजात मिलाउँदै गरेको स्थानीयले प्रहरीलाई खबर गरेपछि नियन्त्रणमा लिइएको हो । उनीहरुलाई कार्यालयबाटै पक्राउ गरेर जिल्ला ल्याएको छ । लेखापाल केसीले गत आर्थिक वर्ष २०७६-७७ को बजेटबाट २४ लाख ९२ हजार ३७२ श्रीमती र भतिजा सुवासको खातामा जम्मा गरेका थिए ।

विभिन्न अनाधिकृतरूपमा उनीहरुको खातामा जम्मा भएको सरकारी रकम उनीहरुले फेरि गाउँपालिकाकै खातामा जम्मा गरेका थिए । उक्त रकमको कागजात मिलाउने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।अहिले जिल्ला प्रशासन कार्यालयले छानविन गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस