साउन २३,वीरगन्ज । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ९आज० शुक्रबार १४३ जनामा कोरोना देखिएको हो । जसमा सबैभन्दा जिल्ला प्रहरी कार्यालयका थुनुवा र कर्मचारीहरु छन् ।त्यसैगरी, एक निजी अस्पतालका चिकित्सक, नर्ससहित १५ जना संक्रमित भएका छन् ।
अन्य संक्रमितमा वीरगन्जका विभिन्न वडाका बासिन्दा, चारजना बारा र चारजना रौतहटका व्यक्तिसमेत संक्रमित रहेको अस्पतालले जनाएको छ ।