• २०८२ बैशाख ६ गते शनिवार

कोरोनाबाट थप एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २३, काठमाडौँ। बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार गराइरहेका सिरहा गोलबजारका २३ वर्षीय युवकको आज बिहान ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले जानकारी दिए ।

ती युवकको जनकपुरमा डायलाइसिस गर्ने क्रममा कोरोना पोजेटिभ आएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । सुरुमै चिन्ताजनक अवस्थामा ल्याइएका युवकको आज बिहान ज्यान गएको प्रसाईंले बताए ।

प्रतिक्रिया दिनुहोस