• २०८१ मङ्सिर २३ गते आइतवार

बेलाटारी ट्राफिक ले दुर्घटना न्यनिकरण गर्ने उदेश्यले जनतामा सचेतना जगाउदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २३,नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गााउलालिकामा रहेको ईलाका प्रहरी कार्यालय बेलाटारी का ट्राफिक प्रहरी ले जनतामा जनचेतना जगाउने कार्यमा सक्रिय रहेको बताईएको छ ।गाउपालिका अनर्तर्गत बिभिन्न चोकचोक तथा सडकमा सवारीसाधन का चालक एवम आम नागरिकलाई ट्राफिक नियम र कोरोना नियन्त्रण लगायत समस्याबाट कसरि बच्न सकिन्छ भन्ने बिषयमा जनचेतना जगाउदै आएको ट्राफिक प्रहरी सहायक निरिक्षक बिक्रम चौधरीले जानकारी दिनु भयो ।

खास गरि सिमा नाका सग जोडिएको यस क्षेत्रमा जनचेतनाको कमिले दिनानुदिन दुर्घटना बढदेैेै जानु को कारण गर्दा हामि आम जनता माझ पुगि जनचेतना अभियान चलाएको चौधरीले बताउनु भयो ।तेसै गरि बिश्वब्यापी रुपमा बढदै गईरहेको कोरोनाभाईरस लाइ नियन्त्रण गर्ने उदेश्य का साथ पनि आम नागरिहरुमा माक्स लगाउने ,सामाजिक दुरि कायम गर्ने लगायतको बिषयमा जनचेतना जगाइरहेको बताईएको छ ।ट्राफिक नियम पालन गरौ ,आफु बचौ र अरुलाई पनि बचाऔ , छिटो गय भन्न सकिन्न ढिलो गये अवस्य पुगिन्छ ,कागतपत्र लियर साथ मा हिडौ र हेलमेट को प्रयोग गरौ भन्ने लगायतको नारा सहित जनचेतना जगाईएको बताईएको छ ।यसरि जनचेतनामूलक कार्यक्रममा सन्चालन भईरहदा आउने दिनमा दुर्घटना मा न्युनिकरण हुने आम जनताहरुकोे भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस