श्रावण २३, काठमाडौँ । आजभोली जताततै , यत्रतत्र सर्वत्र जिज्ञासाको विषय नै नेकपाको आन्तरिक किचलोको राजनीति र काङ्रेसको आसन्न महाधिबेसनको मामलासमेत केही चर्चामा छ । सायद स्वास्थ्यसंग सम्बन्धित विषय र कोरोना नियन्त्रणलाई लिएर हुनसक्छ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपि शर्मा ओलि र स्वास्थ्य मन्त्री भानुभक्त ढकाल बिच भेटबार्ता भएको थियो । प्रधानमन्त्रीले कोरोना उपचार नियन्त्रण गर्ने सम्बन्धमा अस्तिमात्र बिज्ञहरुको बैठक राख्दा उनीहरुको सल्लाहबमोजिम यो रोग नियन्त्रणको लागि सरकारले केही कदम चाल्न बाध्य भएको छ । त्यस्तै शेर बहादुर देउवा निबासमा आन्तरिक छलफलमा उपस्थित हुनेहरुमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा , बिमलेन्द्र निधि , राम चन्द पौडेल , प्रकाश मान सिहं र गोपालमान श्रेष्ठ लगायत ८-१० जनाको उपस्थिति सायद आसन्न महाधिबेसनको विषयलाई लिएर हुनसक्छ ।
त्यसैगरी प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपि शर्मा ओलि, नेकपा महासचिव बिष्णु पौडेल र मुख्य सचिब लोकदर्शन रेग्मी बिच पनि समसामयिक विषयलाई लिएर भेटबार्ता भएको थियो । उपर्युक्त भेटवार्ताहरु पक्कैपनि ब्यक्तिगत या दलीय स्वार्थसंग जोडिएको हो या रास्टृय स्वार्थमा त्यो भविश्यले बताउला नै । तर अझ अर्को जिज्ञासाको विषय त के छ भने वर्तमान संकटमा दुई तिहाई सरकार भएको सिङो नेकपा एकढिक्का भएर अगाडि बढ्ला र सरकारको काम कारवाहीमा पनि सहयोग गरी वर्तमान संकटमा जनता तथा देसको लागि संकटमोचन गर्नेतर्फ लाग्ला भनेर नेपाली जनताले सोच्दै गर्दा झन कोठे बैठक राखी फेरि पनि गुट र उपगुटको भेला गरी जनता र देसभरीका लाखौ कार्यकर्तालाई जिज्ञासाको बादलमा मडारिन बाध्य पार्नुले के नेकपाको भविश्यमाथि हामिजस्ता सुभेच्छुक कार्यकर्ताले चिन्ता लिनु स्वभाविक होइन होला र किनकी मिति २०७७र०४र२१ गते १३:०० बजेबाट बानेश्वरको थापा गाउँस्थित प्रेसिडेन्ट कलेजमा पुस्पकमल दाहाल प्रचण्ड , झलनाथ खनाल , नारायणकाजी श्रेष्ठ , पम्फा भुसाल , माधबकुमार नेपाललगायत १५:१६ जनाको उपस्थितिमा गोप्य भेला बैठक बसिरहेको भन्ने बुझिएको र बालुवाटारमा पनि भेला भएको भन्दै गर्दा आम कार्यकर्ताको मन त त्यसैपनि प्रसन्नताको खडेरीमा मडारिने नै भयो भयो देस नै रुनेस्थितिको सृजना हुनु पक्कै पनि नेकपाको भविष्यमाथि शंका नउब्जिएला भन्न नसकिने स्थिति छैन र आम सर्वसाधारण जनताले मूल्यांकन त्यहिनुरुप गरिरहेका छन जुनरुपमा पहिला पनि गरेकै हुन यस्तै साउन २२ गतेको गोरखापत्रमा नेता भएर किन यस्तो शिर्षकमा प्रदीप नेपाल लेख्छन साथी हो । जिन्दगी मन्त्री र सांसदको मात्र होइन , आम नागरिकको पनि हो , केन्द्रीय कमिटिमा मेरो रोल न २२८ मा छ रे अहिले नेकपालाई सिद्दान्तहीन पार्टी बनाउन लागिदैछ , मेरो बिचारमा अहिले कम्युनिस्ट पार्टीको नाममा ठूलो भिड जुटाइएको छ , १०र १५ जना स्टालिनबादी नेतालाई त्यसको संचालक बनाइएको छ , नीति, नियम, विधि र पद्दतिजस्ता कुराहरु अहिले ब्यङ भएका छन , उसै त बाहिरी शक्तिले पार्टीमाथी चौतर्फी हमला गरिरहदा आन्तरिक एकतालाई बलियो बनाउनुपर्नेमा केपी ओलीलाई दुबै पदबाट राजिनामा देउ भन्नुको पछाडी पनि प्रश्न चिन्न त पक्कैपनि खडा भएको होला रु मेरो मान्यता हो , एकता भनेको सिद्दान्तनिष्ठ हुनुपर्छ । टाउको टाउको जोडेको एकताले ठूलो पार्टी त भैयो तर काङ्रेसजस्तै भद्रगोल भइएछ , भिडन्तमा होमिएका नेतामा मार्क्सबादी ज्ञान नै छैन , जग हासेको छ , कार्यकर्ता चिन्तित छन , भावनाले मात्र जोड्न खोजियो न कि बिचारले , प्रधानमन्त्रीको राम्रा कामहरु ओझेलमा परे र नराम्रो कामलाई सुधार्दै राम्रा पक्षमा पनि साथ दिइएन उपल्लैस्तरबाट भने आम कार्यकर्ताको मनस्थिती दर्शक बन्नुबाहेक के नै रह्यो र रु ू यसरी नेकपाकै बिद्द्वान नेताद्वारा विवसताको आक्रोश पोखिनाले पनि के नेकपा भित्र धमिराले गुड लाएकै हो त रु आज आम जनता र सचेत कार्यकर्ताले बुखने र सोच्नैपर्ने बेला आएको छ ।
हाल देसमा लामो समयदेखि कोरोनाको महामारी छ । संक्रमितको संख्या २१ हजार भन्दा माथी छ भने मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दोक्रममा भइ ६० भन्दा माथी पुगिसकेको अबस्था छ तैपनि निको हुनेको संख्या पनि आशालाग्दो तरिकाले बढ्दै छ । यहि कोरोनाको कारणले नेपाली अर्थतन्त्रको अबस्था सन्तोषजनकरुपमा अगाडि बढ्न सकेको छैन । हालसालै रास्ट्र बैंकको सर्वेक्षणअनुसार नेपाली अर्थतन्त्र सामान्य हुन अझै नौ महिना लाग्छ भनिएको छ । देसमा जताततै बाढी पहिरोको त्रास छ, कयौं मानिसहरुले ज्यान गुमाए भने कयौ घरवारबिहीन भएका छन तैपनि सरकारले बाढिपीडितहरुलाई केही राहत भने दिएकै छ १ लकडाउनले गर्दा नेपाली अर्थतन्त्रमा परेको असरलाई मध्यनजर राख्दै चैत्र ११ देखि आषाढ ६ गते सम्म लगाइएको लकडाउन सरकारले खुल्ला गरेपछि नेपाली अर्थतन्त्रले केही कोल्टे त फेर्यो तर कोरोना महामारीले भने तीब्ररुप लिनथालेपछि हिजोबाट यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने , भिडभाड, बिहे बर्तबन्धजस्ता सामाजिक तथा धार्मिक कार्यहरु गर्नमा प्रतिबन्ध लगाइएको छ र यसमा जनता पनि सचेत हुनु जरुरी देखिन्छ ।
यसरी एकातिर यस्तो महामारीको चपेटामा जनता परिराखेका छन भने अर्कोतिर सरकारनिकट जिम्मेवार पार्टी नेकपा र सरकारले सम्पूर्ण शक्ति यसको बिरुद्दमा अर्थात समस्या समाधानतिर केन्दृत गर्नुपर्नेमा सत्ता , शक्ति र कुर्चिको लागि कोठे र ढोके बैठक राखि जिम्मेवार नेताले पार्टी फुट्छ तयार रहनु भनिरंहदा के कम्युनिस्टको नाममा नेतागणले कलंक नै ल्याउन खोजेका हुन त रु के कम्युनिस्टको राजनीति सिद्दान्तको नभइ केवल ब्यक्तिगत इगोले पद र प्रतिष्ठाको लागि मात्र हो रु के नेकपा सचिवालयको दम्भले बिकास र समृद्दिको यात्राको लामो भर्याङमा नैतिकताको खडेरी परेकै हो त रु यदि होइन भने शत्रु हसाउदै देस र जनतालाई रुवाउदै यस्तो शंकटको घडिमा बिकास र हरेक कुराको निकासको यात्रा तय गर्नुपर्नेमा सरकार गठन भए यताको फेहरीस्त त राम्रा या नराम्रा कामको मूल्यांकन जनताले गरेकै छन तैपनि २०७६ साल माघ १० गते चीनबाट आएका एकजना युवामा कोरोना पुष्टि भएपस्चात नेपालमा पनि कोरोनाको त्रास फैलिएको थियो । त्यसै समयदेखि यो रोग बिरुद्दको तयारीमा पार्टी र सरकार लागि पर्नको सट्टामा यहि संक्रमणको अबधिमा सभामुख निर्वाचित माघ १० , एमसीसी सम्झौता अध्ययन कार्यदल गठन माघ १५, सचिवालयको संविधान संशोधन कार्यदल फागुन १९, रास्टृय सभामा युवराज कि बामदेब गौतम भन्नेमा विवाद फागुन १४ देखि , कोरोना नियन्त्रण उच्चस्तरीय समिति गठन फागुन १८, यस्तै एवम रितले पार्टी र सरकारको दुरी बढ्दै गयो र बैशाख १७ गते नेकपा सचिवालयको बैठकले प्रधानमन्त्रीको राजिनामा माग गर्दा बिबाद झन बल्झिदै गयो १ बैशाख २० मा दुई अध्यक्षद्वारा संकट मोचन गरेपनि पार्टीका अन्य वरिष्ठ नेताहरुको भागबन्डामा कहिले सचिवालय त कहिले खुमल्टार, कहिले बालुवाटार , कहिले कोटेस्वर त कहिले बानेस्वरमा गुटबन्दीको कोठे बैठक राख्दै गर्दा फेरि रास्टृयताको मामलामा लिम्पियाधुरासहितको
नेपालको नंया नक्सा जारी गर्नको लागि सबै दल एकै ठाउंमा उभिएतापनि फेरि असार १० गतेबाट नेकपाको स्थायी कमिटी बैठक शुरुभएदेखि त झन पार्टी भित्रका वरिष्ट नेताहरुको गुट र उपगुटको बैठकले न सरकारले काम गर्ने वातावरण बन्यो न त सरकारका केही पधाधिकारीहरु जनताप्रति उत्तरदायी नै भए ।
बरु भोलीको नेकपाको भविश्यलाई अन्योलमा पारी अतीतको ब्यक्तिगत इगोले निष्ठाको राजनीतिलाई तिलान्जली दिइ सारा नेपाली जनता तथा कार्यकर्तालाई अन्योलको भूमरीमा राखी देसको उज्वल भविश्यको सपनालाई सपनामै कुन्ठीत गरिएको यो नीच ब्यबहारले न पार्टीको भविश्य बन्छ न त देसको समृद्दिको खाका नै १ उल्टो जनताको जिज्ञासाको बादलमा शंकाको घेराबाहेक कम्युनिस्ट नेताहरुको हालको ब्यबहारले अरु केहिपनि देखाएन । त्यसैले कम्युनिस्टको ट्याग भिरिसकेपछी वर्तमान संकटलाई मध्यनजर राख्दै , देसको आर्थिक बिकासको खाकातिर पनि ध्यान दिंइ अझैपनि समय छ , पार्टीलाई एकढिक्का र मजवुत बनाएर पदलिप्सा र गुटबन्दीको राजनीति त्यागी संरक्षककोरुपमा पार्टी र सरकार एक रथको दुई पांग्रा बनेर अगाडि बढ्नुभन्दा अन्य बिलल्प केही छैन १ अन्यथा सोच्नुहोस गैल भैस पानीमे होला १