• २०८१ माघ ११ गते शुक्रवार

खनालको निर्देशनलाई कार्यकर्ताको मजाक ! तपाइको पक्षमा देशभर कार्यकर्ता कति छन ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन २३,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पछिल्लो केही दिन कार्यकर्ताले मजाकको रुपमा प्रस्तुत गरेका छन् । भारतीइ ग्राण्ड डिजाईनमा स्वार्थगत गुटले पार्टी भित्र आन्तरिक विवाद सिर्जना गरी पार्टीलाई फुटको बाटोमा लगिरहेको समयमा नेता खनाललाई कार्यकर्ताले सामाजिक सञ्जालमा इतिहास, हैसित र कार्यकर्ता कति भनि व्यापक मात्रामा प्रश्नको ओइरो खन्याएका छन् ।

नेता खनालले केही दिन अघि पार्टी फुट्ने लगभग निश्चित रहेको र सोही अनुसार तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिएका थिए । सोही निर्देशनलाई लक्षीत गर्दै कार्यकर्ताले पार्टी भित्र खनालको गुटमा उनी आफु मात्रै रहेको भन्दै हास्यास्पद निर्देशन दिई आफ्नो हैसियत देखाएको आक्रोस व्यक्त गरेका छन् । एभरेष्ट मिसनसँगको कुराकानीमा कार्यकर्ताहरुले भनेका छन्, ‘नेता खनाल भनेको छेपारो जस्तै हुन् । जहाँ गयो त्यही रंग बदलेर हिड्छन् । उनी माथि न त क्षमता नै छ, न त देशलाई समृद्धिको बाटोमा अघि बढाउने योजना नै छ । केवल छ त राम्रो मान्छेलाई काम गर्न नदिने, पदको लिप्त र भारतीय दलालीको एजेण्ट । यस्ताको कुरा के सुन्ने रु ‘गर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तो ।’

संसार भरि कोरोनाले महामारीको रुप लिई रहेको बेलामा आफ्नै पार्टीको सरकारलाई भारतीय डिजाईनमा भारुमा बिकेर प्रधानमन्त्रीको राजिनामा मागेको भन्दै कार्यकर्ताले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल तथा नारायणकाजी श्रेष्ठको कडा रुपमा आलोचना गरिरहेका छन् । कार्यकर्ताले आक्रोस व्यक्त गर्दै भनेका छन्, ‘तिमीहरु भारतीय दलाल हौ कमरेडहरु १ यदि तिमीहरुको दिमागमा गोबर नभरीएको भए ईतिहामा त्यत्रो शक्तिशाली भारतलाई सिधै च्यालेन्ज गर्ने ओलीलाई साथ दिएर भारतले कब्जा गरेर खाएका नेपाली भुमि कालापानी, लिम्पियाधुरा, लिपुलेक, सुस्ता लगाएका हजारौं बिगाहा जमिन फिर्ताको लागि खोई रु तिमीहरुले कुईएको श्वास निकालेअौँरु खबरदार १ ओली चोक्टा खाए अब हामीहरुले पनि ओलीलाई देखाएरै चौउटा खान्छौँ भनेर तम्सिनेहरु हो ।’

आगामी निर्वाचनमा चार नेताको भविष्य समेत अन्धकार बनेको भन्दै कार्यकर्ताले भनेका छन्, ‘आउँदो चुनावमा चौउटा त परैजावस चामल पखालेको चौलानी पानी पनि पाउने छैनौं । कि न कि प्रचण्डले दूईपटक प्रधानमन्त्रीको कुर्सीमा गए खोइ जनताले के पाए रु के नै उपति लायौ प्रचण्ड तिमीले रु अनि माधव, झलनाथले पनि प्रधानमन्त्रीको कुर्सी समालि सकेका छन् । खोइ के काम गर्यौ रु हो त्यहि भएर बाँदरले आफ्नो घर पनि बनाउदैन र अर्कोलाई पनि घर बनाउन दिदैन भनेको साँच्चिकै सहि रहिछ कमरेड १ कहिले अन्त्य हुन्छ कुनि फुटको राजनीति । केन्द्रदेखि जिल्ला र गाउँ सम्मको भुटको राजनीति ११’

प्रतिक्रिया दिनुहोस