• २०८१ पुष २९ गते सोमवार

कोरोनाबाट मृत्यु हुने वृद्धवृद्धाको संख्या बढी, बालबालिका पनि जोखिममा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन २३, काठमाडौँ । नेपालमा हालसम्म ८० वर्ष नाघेका २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये २ जनाको मृत्यु भएको छ । यो ८ प्रतिशत हो । यस्तै, १० वर्षमुनिका ८ सय ५५ जना संक्रमित पाइएका छन् । तीमध्ये ३ जना ९०।३५ प्रतिशत०को मृत्यु भएको छ ।

‘विश्वव्यापी प्यारामिटरमा हेर्दा बालबालिका मृत्युको यो दर निकै ठूलो हो । कोरोनाले बालबालिकालाई केही असर गर्दैन भन्ने सन्देश सुरुआती दिनमा गयो । त्यो सच्चिनुपर्छ’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्यविज्ञ डा। सुरेश तिवारीले भने, ‘बालबालिकालाई सुरक्षित राख्न अभिभावकीय कर्तव्य हुनुपर्छ । जनस्वास्थ्यका दृष्टिले यो विशेष सन्देश हो ।’

वृद्धवृद्धामा भने रोग प्रतिरोधात्मक क्षमता नै न्यून हुन्छ । ‘संख्यात्मक हिसाबले २ जनाको मृत्यु भए पनि अन्य उमेरसमूहभन्दा यो उच्च मृत्युदर हो । ६० वर्षभन्दा माथिका व्यक्तिको स्वास्थ्यलाई ख्याल गर्दा मानवअधिकारभन्दा पनि जनस्वास्थ्य अधिकारका दृष्टिले पनि हेरिनुपर्छ’, डा। तिवारीले भने, ‘यो उमेरसमूहमा मृत्युदर अधिक छ । सरकार र नागरिकले विशेष रूपमा ध्यान दिन जरुरी छ ।’ लक्षणसहितको संक्रमितबाट वृद्धवृद्धामा रोग स¥यो भने त्यसले मृत्युदर अझ बढाउने उनको भनाइ छ ।

६१ वर्षमाथिको समूहमा संक्रमण न्यून देखिन्छ । तर, मृत्युदर बढी छ। ६१ देखि ७० वर्ष समूहमा ११ जनाको ज्यान गएको छ। यो समूहमा ३ सय १० जना संक्रमित छन् । यो झन्डै ३।२३ प्रतिशत हो। ७१ देखि ८० वर्षसम्मका ५ जनाको मृत्यु भएको छ। यो उमेर समूहमा ९४ जना संक्रमित छन् । मृत्युदर ३।१९ प्रतिशत हो ।

संक्रमितको संख्याका दृष्टिले ६० भन्दा कम उमेर समूहका व्यक्ति धेरै छन् । डा। तिवारीका अनुसार चलायमान उमेर समूहका व्यक्तिलाई कोरोना संक्रमण बढी देखिएको हो । यो समूहका व्यक्ति चलायमान हुने हुँदा संक्रमण र मृत्यु संख्यात्मक रूपमा बढी देखिएको उनको भनाइ छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस