• २०८२ बैशाख ६ गते शनिवार

पुर्ब राजा ज्ञानेन्द्र शाहलाई जन्मदिनको शुभकामना पत्र

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

जन्म दिनको शुभ उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना !

पुर्ब महाराज तपाईं र मेरो निवास नजिकै छ तर भेट हुँदैन। म कहिले काहीं घरको छतबाट तपाईंको बासस्थान देख्छु र के छ हालखबर भनेर सोध्नुपर्ला भनेर छतमा उक्लिन्छु । मैले त २००७ सालदेखिको इतिहासमा तपाईलाई चिनेकै छु, मात्र तपाईले गद्दी छाडेको दिन देखी मलाई तपाइको साच्चै माया लाग्यो । तपाईलाई ४ बर्षमा राजा बनाइयो, तपाईलाई थाहा नै थिएन किन बनाइयो,किन हटाइयो ?

आज तपाईले कोरोनाले रोइरहेका गरिबलाई २ करोड दिने भनेर फेरि नेता भन्दा माथी हुनु भएको छ। मलाई मैले भात खुवाएको आज भुजा खाने, हिजो चप्पलको तुना फेर्ने आज बतननै फेर्ने, हिजो पञ्चधातुको ध नदेखेका आज हिराको हार लगाउने, हिजो हिड्दा खुट्टा फुट्ने आज ८४ ब्यन्जन नपचेर भुँडी फुट्ने नेता भन्दा तपाईं प्यारो लाग्न थाल्यो पुर्ब राजा ।

तपाईलाई पन्चायत शासन कालमा कसैले पुछेनन्, पुछ्न पनि परेन । देश नै मेरो सम्पती अनि देशबासी नै मेरा सन्तान भनेको भए तत्कालिन सात दल बदामका ग्राहक हुन्थे, अनि माओवादी श्रीलंकाका तमिल । तर उद्दण्ड भनिएका पुत्र पारसको मोह धृतराष्ट्रका लागि दुर्योधन जस्तो भएकाले २४० वर्षे शाह शासन काल अन्त्य हुन पुग्यो ।

तर सलाम छ पुर्ब राजा, २४० बर्षको बिरासत छोड्दा पनि तपाईं हाँस्दै जानू भो । तपाईलाई यतिभन्दा फुट्दा तपाइले फुटाइदिएको र जुट्दा आफै भन्ने पुर्ब मण्डलेहरुलाई म पन्च र राजाबादी लाग्ला । अनि क्रान्तिकारीको नाममा जनता रुवाउन पल्केकालाई म प्रतिगमनकारी लाग्ला । म कम्तिमा पनि तपाईको निरंकुश चरित्रको विरुद्ध सडकमा निस्केको सचेत नागरिक हुँ । नेपाली आमाले नेता र राजा जन्माउने कोख एउटै रहेछ भन्ने पनि लाग्या थियो तर धेरै हिजोका हात्तीछाप आजका धनाढ्य नेता र तपाईं उस्तै लागेको थियो ।

तर पुर्ब राजा ! बीपी प्रजातन्त्रका घाती थिए भन्छन्, मलाई थाहा छैन । उनलाई इन्दिरा गान्धीले घोक्राउने भएपछि राजासङ्ग घाँटी जोडिएको छ भनेर ३३ सालमा नेपाल आएका हुन् तर उनले राजा कम्तिमा नि रास्ट्रलाई माया गर्छन् भनेका थिए । हो रहेछ ।

प्रीय पुर्ब राजा ! हिजै ब्यापारीबाट राजा बन्देको भए हामीलाई यस्तो नेता धनी र जनता गरिब हुने गणतन्त्र चाहिएको नै थिएन । हामीलाई एउटा राजाको ठाउँमा रजौटा चाहिएको नै थिएन । हामी यी दर्जनौलाई अर्बौं दिनु सट्टा तपाईलाई खुशी खुसी महिनाको चार करोड दिन्थ्यौ । आज तपाईले कोरोनाले रोइरहेका गरिबलाई २ करोड दिने भनेर फेरि नेता भन्दा माथी हुनु भएको छ। मलाई मैले भात खुवाएको आज भुजा खाने, हिजो चप्पलको तुना फेर्ने आज बतननै फेर्ने, हिजो पञ्चधातुको ध नदेखेका आज हिराको हार लगाउने, हिजो हिड्दा खुट्टा फुट्ने आज ८४ ब्यन्जन नपचेर भुँडी फुट्ने नेता भन्दा तपाईं प्यारो लाग्न थाल्यो ।

कोरोना संक्रमणको अवस्था र सामाजिक दुरी कायम राख्नुपर्ने कारणले तपाईकोमा उपस्थित भई प्रत्यक्ष शुभकामना दिन नसकेपनि यसै पत्र मार्फत जन्मदिनको फेरी पनि शुभकामना

उहीँ तपाईको भलो चाहने,
रास्ट्रबादी जनता प्रकाश अर्याल
तारकेश्वर नगरपालिका ।

प्रतिक्रिया दिनुहोस