• २०८१ जेष्ठ ७ गते सोमवार

दाङको तुलसीपुर कारागारमा एकजना कैदीको मृत्यु

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

असार २२, दाङ । ठगी मुद्दामा कैद भुक्तान गरिरहेका कपिलबस्तु मायादेवी गाउँपालिका वडा नं. ४ निवासी ६९ बर्षीय अमिरुल्ला मुसलमानको उपचारको क्रममा सोमबार मृत्यु भएको तुलसीपुर कारागारका नायब सुब्बा जोखिम वलीले बताए । उनको सोमबार विहान ६ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

मुसलमान पटक–पटक विरामी पर्ने गरेका थिए । “उहाँ पटक–पटक विरामी परिरहनुहुन्थ्यो, चार/पाँच दिनदेखि हामीले उपचार गर्दै आएका थियौं”, उनले भने “ उहाँले दिशा पिसाब आएको पनि थाहा नपाउने, मानसिक रुपमा पनि समस्या हुदै आएको थियो” कारागारका नायब सुब्बा वलीले भने । कपिलबस्तु जिल्ला अदालतले २०७५ असोज १५ गते मुसलमानलाई तीन बर्ष कैद सुनाएको थियो । कपिलबस्तुको कारागार रहेका मुसलमानको गएका बर्ष पुस ९ गते तुलसीपुर कारागारमा सरुवा गरिएको नासु वलीले बताए । मुसलमानको शवलाई आफन्तले बुझिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस