• २०८१ साउन १ गते मङ्गलवार

जसपाको मिल्यो वरियता क्रम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५, काठमाडौं । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी नेपाल (जपसा)मा नेतृत्व र वरियताको विषयमा सहमति जुटेको छ । पार्टीमा महन्थ ठाकुरलाई अध्यक्षसहितको पहिलो वरियता, डा. बाबुराम भट्टराईलाई दोस्रो वरियता र संघीय परिषद् अध्यक्ष र तेस्रो वरियता सहित उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष रहनेछन ।

यस्तै पार्टीको वरियतामा अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेता र उनीहरुको वरियता क्रमशः चौथो र पाँचौ हुने सहमति बनेको छ । सहमति बनेसँगै अब निर्वाचन आयोगमा एकीकृत पार्टी दर्ता गराइनेछ । महन्थ ठाकुर कै नेतृत्वमा निर्वाचन आयोगमा पार्टी दर्ता गराइने छ । पार्टी केन्द्रीय समिति ५१ सदस्सीय रहनेछ । यसअघि नेतृत्वको विषयमा विवाद रहँदा पार्टी दर्तामा ढिलाइ हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस