बैशाख २५, सप्तरी । सप्तरीमा एक महिलाको जंगली हात्तीको आक्रमणमा परि विहिवार विहान ज्यान गएको छ । शम्भुनाथ नगरपालिका २ भल्वाईकी ३८ वर्षीया जानकी मगरको कोशीटप्पु वन्यजन्तु आरक्षबाट बस्ती पसेको हात्तीको आक्रमणमा परि ज्यान गएको हो ।
मृतकका पति पेशल मगरका अनुसार विहान करिब १ बजे सुतिरहेको बेला हात्तीले घर नै तोडफोड गर्न थालेपछि भाग्ने क्रममा उनलाई हात्तीले कुल्चेर घाइते बनाएको थियो । घाईतेलाई उपचारकोलागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लैजाने क्रममा बाटो मै मृत्यु भएको प्रहरीले जनाएको छ ।