• २०८१ फाल्गुन ७ गते बुधवार

ठाटिकाध वडा २ मा १२ बेडको क्वारेन्टाइन निर्माण

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत २५, दैलेख । जिल्लाको ठाटिकाध गाउँपालिका वडा न दुइ मा १२ बेडको क्वारेन्टाइन निर्माण भएको छ । वडा न दुइको दशरथ मा वि प्याडुल्लिमा गाउँपालिकाकै पहिलो क्वारेन्टाइन निर्माण गरि छिमेकी मुलुक भारतबाट आएकालाइ क्वारेन्टाइनमा राखिएको छ ।

विश्वभरी (कोभिड)-१९ कोरोना भाइरसबाट हजारौले ज्यान गइसकेका र लाखौ संक्रमित भएका छन सोहि क्रममा चैत्र ११ गते देशभर लकडाउन गरियो र संक्रमित ब्याक्तिहरुलाइ एक ब्याक्तिबाट अर्को ब्याक्तिमा सर्न नदिनको लागी गाउपालिकाकै पहिलो उचित ब्याबस्थापन साथ १२ बेड्को क्वारेन्टाइन निर्माण गरिएको वडा अध्यक्ष रुपलाल विश्वकर्माले बताए । क्वारेन्टाइनमा खान बस्न र सामान्य उपचारको ब्याबस्था रहेको छ अझै बेडहरु खानेपानीको समस्या रहेको विश्वकर्माले बताए ।

अहिले भारतका विभिन्न ठाउँबाट आएका १० जनालाइ क्वारेन्टाइनमा राखिएको छ र अझै राम्रो र ब्यबस्थित बनाउन बाहिरबाट आउने आवतजावत निषेध गर्न वडा अध्यक्ष विश्वकर्माको सयोजकत्वमा प्रत्येक टोलमा पाँच सदस्यीय समिति निर्माण गरिएको विश्वकर्माले बताए । अहिले क्वारेन्टाइनमा भारतको बम्बैबाट दुइजना र भारतकै ल्वाघाटबाट आएका आठजना गरि १० जनालाइ क्वारेन्टाइनमा राखिएको र प्रत्येक टोलमा स्वयंसेविका मार्फत तिनहजार पिस हात धुने साबुन बितरण गरिएको वडा अध्यक्ष विश्वकर्माले बताए ।

खानबस्नको ब्यबस्था राम्रो भएन
छिमेकी मुलुक भारतबाट आएर क्वारेन्टाइनमा बस्नेहरुले खानबस्नको राम्रो ब्याबस्था नभएको गुनासो गरेका छन । राती सुत्दा चिसो हुन्छ ओढ्ने ओछ्याउने कपडानै छैन पातलो ओढ्ने ओढ्नुपर्छ भुइमै सुत्नु परेको क्वारेन्टाइनमा बसेका वडा दुइ प्याडुल्लिका टेकबहादुर सुनारले बताए । आफुहरु घरमा आएको चौध दिनपछि वडाले क्वारेन्टाइनमा ल्याएको तर यहाँ खानबस्न र पिउने पानीको अभाब रहेको वडा दुइकै रुपलाल सुनारले बताए ।

प्रतिक्रिया दिनुहोस