• २०८१ चैत्र ३ गते सोमवार

सुनबल न.पा द्वारा राहत सामाग्री वडालाई हस्तान्तरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

चैत २५, सुनवल ।  सुनवल नगरपालिकाले सुनवल नगरक्षेत्र भित्र रहेका मजदुरी गरेर खाने गरिव तथा विपन्न घरधुरीका लागी आज राहत समाग्री प्रत्येक वडामा वितरण हुने गरी वडालाई हस्तान्तरण गरेको छ । कोरोना भाइरस कोभिड १९ को सक्रमण रोकथाम तथा नियन्त्रण का लागी सुनवल नगर क्षेत्र लकडाउन रहेको अवधिमा दैनिक हातमुख जोड्न असमर्थ भई राहत उपलब्ध गराउन सुनवल नगरपालिकामा १३ वटै वडाबाट सिफारिस भई आएका घरधुरीहरुको लागी वडामार्फत राहत सामाग्री हस्ता्न्तरण गरिएको समाजिक विकास समितिका संयोजक तथा वडा नम्वर २ का वडाध्यक्ष राजेन्द्र यादवले बताउनुभयो ।

 

राहत सामग्री विरतणका लागी वनेको वडा स्तरीय समितिबाट छनोट भई आएका १९१० घरधुरीहरुलाई वडा मार्फत राहत समाग्री वितरण गरिने सुनवल नगपालिकाका नगर उपप्रमुख दधिराम अर्यालले वताउनुभयो ।

 

नगरपालिकाले राहात बितरण गर्दा परिवार संख्याका आधारमा २ किसिमबाट बितरण गर्ने सुनवल नगरपालकाका नगर प्रमुख भिम वहादुर थापाले जानकारी दिनुभयो । परिवार संख्या २ जना भन्दा बढि भएका परिवारलाई पुरै राहात उपलब्ध गराइने छ । यसरी पुरै राहत पाउनेमा १ हजार ५ सय ३३ घरधुरी सिफारीस गरिएको छ । उनिहरुले सोना मन्सुलि चामल २५ केजि, दाल ३ केजि, खाने तेल २ लिटर, साबुन नुहाउने र लुगाधुने २÷२ वटा, चिनि २ केजी, नुन २ केजि र सोयाबिन ४सय ग्राम राहात पाउने छन् ।

यसैगरि २ जना सम्म भएको परिवारलाई आधा राहत उपलब्ध गराइने छ । यसरी आधा राहात पाउने घरधुरी संख्या ३ सय ७७ रहेको छ । उनिहरुले सोना मन्सुलि चामल १२.५ केजि, दाल १.५ केजि, खानेतेल १ लिटर, साबुन नुहाउने र लुगाधुने १÷१ वटा, चिनि १ केजि, नुुन १ केजि र सोयाबिन २ सय ग्राँम राहात पाउने नगर प्रमुख थापाले जानकारी दिनुभयो ।

वडा गत रुपमा हेर्ने हो भने वडा नं १ मा राहतका लागि १ सय ९६ घरधुरी सिफारिस भएका छन् । जसमा १ सय ५६ घरधुरीले पुरैै राहत पाउने छन् भने ४० घरधुरीले आधा राहात पाउने छन् । यसैगरि वडा नं २ मा जम्मा २ सय १५ घरधुरी मध्य पुरै राहत पाउने घरधुरी संख्या १ सय ७५ छ भने आधा राहत पाउने घरधुरी संख्या ४० रहेको छ । वडा नं ३ मा भने पुरै राहत पाउने ५८ र आधा पाउने १८ गरि जम्मा ७६ घरधुरी सिफारिस गरिएको छ । वडा नं ४ मा १ सय ८९ जम्मा घरधुरी संख्या मध्ये पुरै राहत पाउने १ सय ५६ र आधा पाउने ३३ घरधुरी छन् ।

यसैगरि वडा नं ५ मा १ सय २५ जम्मा घरधुरी संख्या मध्य १ सय २ ले पुरै र २३ ले आधा राहत पाउने छ । वडा नं ६ मा पुरै राहत पाउने ६२ घरधुरी र आधा पाउने ५४ गरि जम्मा १सय १६ घरधुरी सिफारीस गरिएको छ । वडा नं ७ मा १ सय १७ जम्मा घरधुरी मध्य ८६ ले पुरै राहात पाउने र ३१ ल्ो आधा राहत पाउने छन् । यसैगरि वडा नं ८ मा ४७ घरधुरीले पुरै राहत पाउने छन् भने ८ जनाले आधा राहत पाउने छन् । वडा नं ९ मा भने २ सय ५४ घरधुरी पुरै राहत पाउनेमा सिफारिस भएका छन् भने २७ घरधुरीले आधा राहत पाउने छन् ।

यसैगरि वडा नं १० मा जम्मा १ सय ५२ घरधुरी मध्ये १सय २० पुरै राहत र ३२ आधा राहत पाउने घरधुरीमा सिफारिस भएका छन् । वडा नं ११ मा भने ८६ घरधुरीले पुरै राहत पाउने छ भने २० घरधुरीले आधा राहत पाउने छ । वडा नं १२ मा पुरै राहत पाउने घरधुरी संख्या १ सय ३३ र आधा राहत पाउने घरधुरी संख्या २२ छ भने वडा नं १३ मा पुरै राहत पाउने घरधुरी संख्या ९८ र आधा राहत पाउने घरधुरी संख्या २९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस