• २०८१ फाल्गुन २ गते शुक्रवार

बढी भाडा लिने एम्बलेन्स चालक प्रहरीको नियन्त्रणमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २५, दाङ । दाङमा बढि भाडा लिने एक एम्बुलेन्स चालक एम्बुलेन्स सहित प्रहरीको नियन्त्रणमा परेका छन । कृपा पोलि क्लिनिक एण्ड मेडिकल हलको रा १ च ८२५ नम्बरको एम्बुलेन्सले लमही देखी तुलसीपुर सम्मको भाडा ३५ सय रुपैयाँ लिनुपर्नेका बिरामीसँग सात हजार लिएका हुन ।

बिरामी भन्दा पनि पेसिन्जर बोकेको जनगुनासो आउन थालेपछी जिल्ला ट्राफिक प्रहरीले एम्बुलेन्स जाँच गर्न थालेको थियो । सोही क्रममा एम्बुलेन्सले बिरामीबाट बढी भाडा लिएको पाईएपछी एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय दाङमा बुझाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रेम रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस