चैत २५, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ । कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका रहेतापनि कोरानाका कारण परीक्षा स्थगित गरिएको हो ।
परीक्षा स्थगित गरिएपनि कहिले परीक्षा हुन्छ भनेर जनाइएको छैन । परीक्षाको नयाँ तालिका अवस्थामा सुधार भएलगत्तै सार्वजनिक गर्ने बोर्डद्वारा जारी सूचनामा उल्लेख छ । बोर्डले परीक्षा स्थगित गरिएको जानकारी दिँदै प्रदेश परीक्षा व्यवस्थापन कार्यालय तथा शाखा कार्यालयहरुलाई सोहीअनुसार गर्न निर्देश गरेको छ ।
यसअघि सरकारले कोरोनाको जोखिमका कारण कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ थियो भने चैतमा हुने विश्वविद्यालयका सबै परीक्षा स्थगित गरेको थियो ।