• २०८१ मङ्सिर २२ गते शनिवार

उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्षद्धारा दैवि प्रकोप उद्धार विशेष कोषमा आर्थिक सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र २५, सुनवल । उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारीले दैवि प्रकोप उद्धार विशेष कोषमा ५१ हजार आर्थिक सहयोग गर्नुभएको छ । सुनवल नगरपालिकाको दैवि प्रकोप उद्धार विशेष कोषमा रु ५१ हजार को चेक सुनवल नगरपालिकाका नगर प्रमुख भिम वहादुर थापालाई हस्तान्तरण गर्नुभएको हो ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को महामारीको रोकथाम तथा नियन्त्रणको निम्ती सुनवल नगरपालिका द्धारा खडा गरिएइको दैवि प्रकोप उद्धार विशेष कोष मार्फत नगर भित्रका गरिव तथा विपन्नहरुको राहतका लागी ब्यक्तिगत रुपमा सहयोग गरेको अध्यक्ष केशव भण्डारीले बताउनु भयो । सुनवल नगरपालकाको दैवि प्रकोप उद्धार विशेष कोषमा सहयोग गर्नेको संख्या दिनहु वढ्दै गइरहेको छ । अहिले सम्म दैवि प्रकोप विशेष कोषमा रु ३५ लाख भन्दा वढि जम्मा भएको सुनवल नगरपालिकाका नगरप्रमुख भिम वहादुर थापाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस