• २०८० असोज ४ गते बिहिवार

आजको मौसम : एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित क्षणिक वर्षा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र २५, काठमाडौं । आज दिउँसो देशका पहाडी भू-भागमा अपरान्ह पछि आँशिक बदली भई एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। यस्तै राती देशका पश्चिमी भू-भागमा आँशिक देखि सामान्य बदली भई बाँकी भू-भागमा आंशिक बदली रहने छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ। यस्तै देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले देशको पहाडी भू-भागका १ र २ स्थानमा मेघ गर्जन र चट्याङ सहित क्षणिक वर्षा हुन सक्ने देखिएकोले सामान्य सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस