फागुन २४, धनुषा । प्रदेशको शान्ति सुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यका साथ २ नं. प्रदेशले प्रदेश प्रहरी कार्यालय जनकपुरलाई २४ थान मोटरसाईकल हस्तान्तरण गरेको छ ।
धनुषा जिल्लाको जनकपुर उप(महानगरपालिका भित्र रहेको मधेश भवनमा आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं. २ का मन्त्री ज्ञानेन्द्र कुमार यादबले २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमूख प्र.ना.म.नि. प्रद्युम्न कुमार कार्की लाई एक कार्यक्रमका बिचमा YAMAHA COMPANY का २४ थान मोटरसाईकल हस्तान्तरण गर्नु भएको छ ।