• २०८० चैत्र ३० गते शुक्रवार

इलामका गाउँहरुमा खोल्सीहरु सुक्न थालेपछि खानेपानीको समस्या

गोबिन्द पौडेल पढ्न लाग्ने समय : २ मिनेट

माघ २४, इलाम । बिगतका बर्षहरुमा हिउँदमा निरन्तर बग्ने खोल्सीहरु सुक्दै गएपछि इलामका गाउँहरुमा खानेपानीको समस्या हुन थालेको छ । तिब्र बन बिनास, प्राकृतिक प्रकोप, बिकासका संरचना र मानबिय कारणहरुले पहाडी क्षेत्रमा रहेका साना साना खोल्सी र सिमसार अतिक्रमण हुन थालेपछि त्पानीका श्रोतहरु हराउदै जान थालेपछि प्रभाव मानिसमा पर्न थालेको छ ।

मानिसको निजी स्वामित्वमा रहेको बन जंगलहरु गोलियाको रुपमा बिक्रि बितरण गर्न सकिने ब्यवस्था रहेकोमा स्थानिय सरकार र सरोकारवलाहरुले चासो र अनुगमन नगर्दा निजी बनसँग जोडिएका सरकारी बनबाट समेत अबैधरुपमा बन तस्कर गरिने गरेको, भुकम्प बाढी र पहिरोले पानीको मुहान हराउने जान थालेको छ । पानीको मुहान भएको स्थानमा जथाभाबी रुपमा ठूला औजारहरुको प्रयोग गरिदा बर्षै पिच्छे पानीका मुहानहरु हराउदै जाने गरेको छ । भने पानी रहने खोल्सी मानिसहरुले बिभिन्न प्रयोजनका लागि आवश्यक्ता भन्दा कैयौ गुणा बढी पानी पाइपको माध्यमबाट लैजादा खोल्सी सुक्दै गएको छ ।

बिगतमा प्रश् पानी र खोलामा माछा पाइने सुर्योदय र रोङ जोडिने तारगाउँ रम्भ्याङ्ग जोडिने सडकमा पर्ने तारगाउँखोला ,फामखोला, मजुवा खोला, जोगीखोला, सुनारखोल्सी अहिले पानी बिहिन भएको छ।जंगली जनावरले समेत पानी खान नपाएकै कारण गाउँपसेर दुख दिन थालेको अनुमान गर्न थालिएको छ । बिगतमा दुइबटा पाइपमा पानी लगेर खानेगरेको सलकपुरमा मुहानमा पानी सुकेकै कारण अहिले एउटामात्रै पाइपमा पानी जान थालेको थानियको भनाई छ।

प्रतिक्रिया दिनुहोस