आज दिनको ठिक १ः२० मा शुरु भएको बैठकमा ललिता निवास (वालुवाटार) काण्डमा संलग्न भएको आधारमा कांग्रेसका उपसभापति तथा संसदिय दलका उपनेता विजयकुमार गच्छादारलाई अख्तियार दुरुपयोग अनुसन्धानले कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको भन्दै सदन अवरुद्ध गरेको हो । हिजो पनि कांग्रेसले सोही विषयमा संसद अवरुद्ध गरेको थियो ।
भ्रष्टाचारको ठूलो जरो गाडेको उक्त काण्डमा मुछिएका नेता गच्छदार निर्दोष रहेको र दोषीलाई सत्ताको आडमा छोडिएको भन्दै विरोध गर्दै संसद अवरुद्ध गरेको हो । संसदमा आफ्नो धारणा राख्दै कांग्रेसका सांसद मिन विश्वकर्माले अख्तियारले गरेको व्यवहार सरकारको छायाँ बनेको आरोप लगाउनुभयो । उहाँले राजनीतिक प्रतिशोध साधेको उल्लेख गर्दै आफ्नालाई काखा अरुलाई पाखा लगाएको आरोप लगाउनुभयो ।
पटक पटक सभामुख अग्नी सापकोटाले सदनको कामकारवाहीलाई सुचारु गर्न अनुरोध गर्दा समेत कांग्रेसले उक्त अनुरोधलाई अस्वीकार गरेको छ ।