• २०८० चैत्र ३० गते शुक्रवार

सशस्त्र प्रहरीको डीआईजीमा पाँचजनाको बढुवा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा (क्राईमबिट)

माघ २४,काठमाडौं । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीबाट ५ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक ९डीआईजी० मा बढुवा भएका छन्। बढुवा हुनेमा कृष्णभक्त ब्रम्हाचार्य, वंशीराज दाहाल, हरिशंकर बुढाथोकी, इन्जिनियर किशोर प्रधान र राजेन्द्र बस्नेत छन्।

गृह सचिवको अध्यक्षतामा सशस्त्र प्रहरी महानिरीक्षक सदस्य र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सदस्य सचिव रहेको बढुवा सिफारिस समितिको बैठकले बढुवाको निर्णय गरेको सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक अजयकुमार छत्कुलीले जानकारी दिए। यसैबीच, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट नायव महानिरीक्षकमा पदोन्नति भएका ५ जनालाई सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकमा दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

प्रतिक्रिया दिनुहोस