• २०८१ बैशाख १३ गते बिहिवार

सुगर ब्लड प्रेसर ,थाइराईड तथा हर्मोनका विरामीहरुको विश्वास जित्न सफल डा. सुनिल चौधरी

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ २४, नेपालगंज । इन्डोक्राइनोलोजिष्ट डा.सुनिल कुमार चौधरी ब्लड प्रेसर ,थाइराईड तथा हर्मोनका विरामीहरुको विश्वास जित्न सफल हुनुभएको छ । बिशेष गरी जुम्ला, दैलेख, जाजरकोट,सल्यान,दाङग, बाँके,बर्दिया, कैलाली ,कंचनपुर ,अछामबाट बिरामीहरु स्वास्थ्य परिक्षण गर्न आएको र अधिकांसलाई थाइराईड, सुगर र ब्लड प्रेसर देखिएको डा.सुनिलले बताउनु भयो ।

मध्य तथा सुदुर पश्चिम क्षेत्रमा सुगर थाइराइड, ब्लड प्रेसर तथा हर्मोन रोगिहरु बढी देखिन थालेपछि गत पुष महिनाबाट नेपालगंजमा महिनाको एक पटक आउन थालेको जानकारी डा .सुनिल कुमार चौधरीले जानकारी दिनु भयो । उनले मध्य तथा सुदुर पश्चिमका थाइराइड ,सुगर ,ब्लड प्रेसर तथा हर्मोन रोगका बिरामीहरु डा. सुनिललाई जाँच गराउँन काठमाण्डौँ नै जान्थे । विरामीहरुको भनाई अनुसार डा .सुनिल कुमार चौधरी नेपालगंज नै महिनाको एक पटक आउने थाहा पाएपछि हामी धेरै खुसी भएका छौ । हामीहरूलाई आर्थिक बचत देखि समयको समेत बचत भएको बताए। गत पुष महिना भन्दा माघ महिनामा विरामीहरुको संख्या झण्डै दोब्बर रहेको जानकारी एभरेष्ट इन्टरनेशनल पोलिकिल्निक एण्ड डाइग्नोस्टिक सेन्टरका अध्यक्ष लिलाम्बर झाले दिनु भयो ।

प्रत्येक महिनाको तेर्सो बुधबार सुगर, थाइराइड ,ब्लड प्रेसर तथा हर्मोन ,रोग विशेषज्ञ डा. सुनिल कुमार चौधरी एभरेष्ट इन्टरनेशनल पोलिकिल्निक एण्ड डाइग्नोस्टिक सेन्टरमा आउनु हुने जानकारी झाले दिनुभयो । डा.सुनिल कुमार चौधरी भारतको प्रसिद अस्पताल सर गंगाराम हस्पिटल न्यु दिल्लिबाट इन्डोक्राइनमा फेलोसिप तथा लखनउको के.जि. एम.सी. बाट ईन्टरनेसनलमेडिसिन .एम.डि.र एम.बि.बि.एस गर्नु भएको हो । सुगर ,ब्लड पेसर ,थाईराईड तथा हर्मोन रोग बिशेषज्ञ डा. सुनिल कुमार चौधरी चितवन मेडिकल कलेज ,मनमोहन मेमोरियल मेडिकल कलेजमा काम गरी सक्नु भएको र हाल काठमाण्डौँको डाईविटिज ,थाइराइड र इन्डोक्राईन केयर सेन्टर थापाथली तथा सहिद मेमोरियल अस्पतालमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस