• २०८१ मङ्सिर २३ गते आइतवार

गौरीगंगामा हात्तीपाईले निवारणकाे याेजना तर्जुमा

पढ्न लाग्ने समय : १ मिनेट
  • प्रेम जाेशी

 पाैष २२, कैलाली । हात्तीपाईले (फाईलेरिया) रोग निवारण कार्यक्रम -२०७६ को गौरीगंगा नगरपालिका स्तरिय योजना तर्जुमा गाेष्ठी सम्पन्न भएकाे छ ।
गौरीगंगा नगरपालिकामा माघ २५ गतेबाट हात्तीपाईलेकाे अौषधी केन्द्रगत रुपमा खुवाउने अभियान गरिने भएकाे छ । नगर जनस्वास्थ्य प्रवर्द्धन उपशाखाले गरेकाे कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरुले अौषधी खुवाउने अभियानमा अाएका समस्या बताए थिए ।

अौषधीकाे बारेमा जनतालाई बुझाउन समस्या भएको, हात्तीपाईलेकाे बारेमा गलत हल्ला र यथार्थ तथ्य भन्दा बाहिर गएर प्रचारप्रसार हुदा साेचे जस्तो उपलब्धि हासिल गर्न नसकिएको जनस्वास्थ निरिक्षक ईश्वरी भुषालले जानकारी दिनु भयो ।

सरकारले सन् २०२०सम्म राष्ट्रिय रुपमा हात्तीपाईले राेग निवारण गर्ने राष्ट्रिय लक्ष्य राखे पनि गौरीगंगा नगरपालिकामा गत बर्ष ८३ % ले अौषधि खाएकाले यस पटकको अभियान सतप्रतिशत पुराउने लक्ष्य निरधारण गरिएको नगर नर्सिङ निरिक्षक अाशा दाहालले जानकारी दिनुभयो । माघ २५ गते २१ बटा केन्द्रमा खुवाउने र छुटेकाहरुलाई २६ गतेदेखि घरभेटघाट गरेर सम्पूर्ण जनतालाई अौषधी खुवाउने योजना तय गरिएको छ ।

कार्यक्रम सम्पन्न गर्न नगरिक , जनप्रतिनिधि र स्वास्थ्यकर्मी लगायत सम्पूर्णले ध्यान पुरयाउनु पर्नेमा सामाजिक विकास विभागका प्रमुख तथा वडा नं ५ का अध्यक्ष जगत विकले जाेड दिनु भयाे ।

प्रतिक्रिया दिनुहोस