• २०८१ मङ्सिर २३ गते आइतवार

नेपाल आयुर्वेद औषधी ब्यवसायी संघ कपिलवस्तुको नियमित बैठक सम्पन्न

पढ्न लाग्ने समय : १ मिनेट

पौष २२, कपिलवस्तु । नेपाल आयुर्वेद औषधी ब्यावसायी संघ जिल्ला समिति कपिलवस्तुको नियमित बैठक आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ । आज भएको बैठकबाट नेपाल आयुर्वेद औषधी व्यावसायी संघ प्रदेश नम्बर ५ को अधिवेशनमा जानका लागि प्रतिनिधि समेत तोकिएको नेपाल आयुर्वेद औषधी ब्यावसायी संघ जिल्ला समिति कपिलवस्तुका अध्यक्ष गोपाल वन्जाडेले जानकारी दिनु भयो ।

बैठकमा जिल्लाका क्रियासिल आयुर्वेद औषधी व्यावसायीहरुको उपस्थिती रहेको थियो ।साथै बैठकबाट भारतीय सिमाना नजिक नेपालमै रहि बजारमा ब्यापक रुपमा पर्चा ,पम्लेट, होडिङ वोर्डर तथा सञ्चार माध्यमबाट नेपाली भुमिमा रहेका विरामीहरुलाइ लक्षित गर्दै विभिन्न बाहानामा सत प्रतिशत निको हुने भन्दै गलत प्रचार प्रशार गरेकोले नेपाल सरकारको निति नियम अनुसार सम्वन्धित मन्त्रालयलाइ कारवाही गर्न अनुरोध गर्ने निर्णय गरेको छ । साथै आगामि दिनमा नियमित वैठक बस्ने र स्थानीय तथा जिल्ला भित्र रहेका झोले डाक्टरहरुलाइ प्रशासनको सहयोगमा विस्तापित गर्न अनुरोध गर्ने निर्णय गरिएको नेपाल आयुर्वेद औषधी ब्यावसायी संघ जिल्ला समिति कपिलवस्तुका अध्यक्ष गोपाल बन्जाडेले जानकारी दिनु भयो ।सो कार्यक्रम संघका सचिव दिपक पन्थीले संचालन गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस