• २०८२ बैशाख १७ गते बुधवार

लोकसेवा आयोगले नायब सुब्बा स्तरमा एक हजार पदमा नयाँ विज्ञापन आह्वान गर्ने

पढ्न लाग्ने समय : १ मिनेट

पौष, २२ काठमाडौँ । लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा स्तरमा एक हजार पदमा नयाँ विज्ञापन आह्वान गर्ने भएको छ ।

आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरी बुधवार एक हजार पदमा नयाँ भर्ना आह्वान गर्ने गृहकार्य अन्तिम चरणमा पुर्‍याएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमवार नायब सुब्बातर्फ भर्ना खुला गर्ने निर्णय गरेसँगै लोकसेवाले नायव सुब्बाको विज्ञापन गर्ने निश्चित भएको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस