पौष, २२ काठमाडौँ । अवैध रूपमा नेपाल प्रवेश गर्न लागेका एक तिब्बती र ४ भुटानी नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतको बोधगयाबाट काठमाडौँ जान लागेको बा ५ ख २३८८ नम्बरको नेपाल-भारतमैत्री बसमा सवार १ तिब्बती र ४ भुटानीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ४० यात्रुमध्ये एक तिब्बती र ४ भुटानी राहदानीबिनै नेपाल प्रवेश गर्न लागेको भेटिएपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले बताए ।
पक्राउ पर्नेमा तिब्बती नागरिक ४० वर्षीय कुन्छोक तसोमो, भुटानी नागरिकहरू ६५ वर्षीया डोल्मा तामाङ, ४३ वर्षीय छोदेन तामाङ, १९ वर्षीया छुन्दु लह्मो र ७० वर्षीय ज्ञानबहादुर तामाङ छन् ।
डिएसपी खत्रीका अनुसार, आवश्यक अनुसन्धान र कारबाही प्रक्रियाका लागि उनीहरूलाई अध्यागमन कार्यालय, वीरगञ्जमा बुझाइएको छ ।