मंसिर २१, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा नेपालमा कोरोना भाइरसका एक हजार ९६ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४० हजार ९८१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल १३ हजार ५८२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको बताएका छन । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ७५२ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख २५ हजार ८०५ जना सङ्क्रमित निको भइसकेका छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १७ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ५९४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।