• २०७९ असोज ९ गते आइतवार

लुकाई छिपाई ल्याउदै गरेको चाँदी सहित दुई जना पक्राउ

सुरेश कुमार पाण्डे पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २१, कपिलवस्तु । लुकाई छिपाई ल्याउदै गरेको चाँदी सहित दुई जना मानिसलाई कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । सोमबार ०६स्३० बजेको समयमा जिल्लाको वाणगंगा नगरपालिका २ लखनचोक स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु ५५ प ६१५९ नं।को स्कुटीमा चाँदी सहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा स्कुटी पछाडी सवार अर्घाखाँची छत्रदेवी गाउँ पालिका ५ का २२ वर्षिय उमेश सुनारले बोकेको साईड ब्यागभित्र लुकाई राखेको अवस्थामा अन्दाजी मूल्य रु। ९६,०००(छेयानव्बे हजार) बराबरको अन्दाजी ७३ तोला चाँदी र सेतो रातो पत्थर ४८ पिस फेला पारी स्कुटी उनी हरुलाइ नियन्त्रणमा लिएको हो । चालक रुपन्देही सिद्धार्थनगर नगरपालिका १३ का २६ वर्षिय सुगम पुन रहेका छन । उनीबारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस