• २०८१ पुष २९ गते सोमवार

पाल्पामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २१,पाल्पा । पाल्पा जिल्लामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । रम्भा गाउँपालिका ४ रक्सामा लु ३ त ९८१२ नम्बरको ट्याक्टरले ठक्कर दिँदा माथागढी गाउँपालिका ४ ज्यामिरेका ६६ वर्षीय टीकाबहादुर जिसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

ट्याक्टर र ट्याक्टर चालक माथागढी गाउँपालिका–३ का २४ वर्षीय बिराज बिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस