असोज २०, बझाङ । बझाङ मष्टा गाँउपालिका वडा नं २ खिकाला घट्टमा श्रावण २९ गते घटेको जबरजस्ती करणीको घटना प्रहरी कार्यालयमा खबर गर्न नदिई घटना ढाकछोप गरि गाँउघरमा सहमती र मिलापत्र गराउने कार्यमा संलग्न ६ जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङले असोज १९ गते पक्राउ गरि जबरजस्ती करणी मुद्दामा कसुरको प्रमाण दबाएको अभियोगमा मष्टा गाँउपालिका वडा न.३ बस्ने बर्ष २४ को झलक दमाई, वडा न.२ बस्ने बर्ष ४५ को लाल बहादुर बोहरा, बर्ष ५७ को धनचढी बोहरा, बर्ष ४५ की थमकला दमाई, बर्ष ५७ को पिरु दमाई र बर्ष ५५ को गल्फे बोहरालाईम्याद थप गरि थप अनुसन्धान अगाडी बढाएको छ।